राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन



 

बेनी (म्याग्दी), २६ साउन । आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार संकलन भएको थियो ।

गत आवमा चार हजार ५१ राहदानी सिफारिस भएकामा द्रुत सेवातर्फ एक हजार ४५६ र सामान्यतर्फ दुई हजार ५९५ वटा राहदानी सिफारिस गरिएको थियो । सामान्य राहदानीका लागि प्रतिराहदानीबापत रु पाँच हजार राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने व्यवस्था छ । द्रुत सेवाको राहदानीको दस्तुर परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ ।

वंशजका आधारमा गत आवमा पाँच हजार ६८ वटा र एउटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको थियो । सङ्घसंस्था दर्ता २३, नवीकरण १८२, मुद्दा दर्ता २८, फस्र्यौट २३ र पत्रिका दर्ता एउटा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्