एक वार्षमा ४२ सिंचाई आयोजना सम्पन्न



कालीवहादुर मल्ल कालिकोट ।

जिल्लामा १६ करोड ४७ लाख ७२ हजार ४ रुपैयाँको लागतमा ४२ वटा सिंचाई आयोजना सम्पन्न भएका छन् । साना सिंचाई परियोजनाले २ बर्षको अबधिमा यी सिंचाई आयोजना बनाएको हो ।

जिल्लामा बिभिन्न ठाउँमा बनेका यी सिंचाई आयोजनाहरुले ५ सय ५३ हजार हेक्टर जमिन सिञ्चित भएको छ । सबै आयोजना सम्पन्न भएका १ हजार २० हेक्टर खेतीयोग्य जमिन सिंचित हुने साना सिंचाई परियोजनाका प्राबिधिक कमल रावलले बताए । ‘जिल्ला भरी बिभिन्न ठाउँमा ४२ वटा योजना सम्पन्न भएका छन् ।’ उनले भने,–‘केही योजना क्रमागत भएका कारणले लक्ष्य अनुसारको सिंचाई कार्य पुरा हुन सकेको छैन् ।’

कायरयन्ला धान्चुुकोट कुुलो सिंचाई योजना माल्कोट, लिडेमेला सिरानीे कुुलो सिचाई योजना भर्ता, कालाढुुङ्गा कुुलो सिचाई योजना रकु, कालढुुङ्गाा कुुलो सिचाई योजना कुमालगाउँ, लोहटा नैनलडाडा कुुलो सिचाई योजना भर्ता र रानिपाटा कुुलो सिचाई योजना गेला रहेको छन् ।

यसका साथसाथै सिम्लेगाड देखि खोडागडासम्म कुुलो सिचाई योजना दाहाँ, सेराकुुलो सिचाई योजना गेला, लुुवापाटी कुुलो सिचाई योजना गेला, घटालीगाउँ सिचाई कुुलो योजना मान्म, भाङ्गछडा सिचाई कुुलो योजना मुग्राहा, देवारतोली कुुलो सिचाई योजना राचुली, बड्डेखोला कुुलो सिचाई योजना फोईमहादेव, नाग्मी कुुलो सिचाई योजना फोइमहादेव, रानावाडा देखि तल्लो खल्लासम्म कुुलो सिचाई योजना चिल्खाया, जादेदेखि हुुस्केसम्म कुुलो सिचाई योजना चिल्खाया, मष्टमाण्डौ देखि ताराचाखासम्म कुुलो सिचाई योजना चिल्खाया, रापानी कुुलो सिचाई योजना मुम्रा, औलसेन कुुलो सिचाई योजना स्युना, शान्तिघाट कुुलो सिचाई योजना स्युना, गडुलगाड जुकेना देखी बिसखेत कुलो सिचाई योजना नानीकोट, कस्मिरे कुलो सिंचार्ई योजना स्युना, कुलिबाध कुलो सिंचार्ई योजना बदालकोट, मुलखोला थाइपाटा कुलो सिंचार्ई योजना छाप्रे, साकिरादेखि सुगिन्ना कुुलो सिंचाई योजना चिल्खाया, ठुलोखोला देखी परखेतसम्म कुलो सिंचार्ई योजना बदालकोट र बडालतोला कुलो सिंचार्ई योजना सिपखाना सम्पन्न भईसकेका प्राबिधिक रावलले बताए ।

त्यस्तै, क्रमागतमा कटकटे सिचाइ कुलो सुकाटिया, अधेरीगाड दहचौर कुलो सिचाई योजना कालिका, माथिल्लो हुपि सिंचाई कुलो दाहा, तामाखोला देखि थारुकाटिया सिचाई कुलो माल्कोट, मजिउना खोला अंगाउदेखि भेडेढुंगा सिंचाई कुलो कुमालगाउँ, तल्लो दोबिटा सिचाइ कुलो कुमालगाउँ, सिल्कुडादेखि कोदागडा कुलो सिचाई योजना राम्नाकोट, देहारखाडा कुलो सिचाई योजना खिन, नवलबाड सिचाई कुलो सिपखाना, तुुषारेखोला सिचाई कुलो सिपखाना, चाटेखोला घरखेत कुलो सिचाई योजना स्युना, फुकुलो कुलो सिचाई योजना सिपखाना, नाउखोलादेखि बाटेगडासम्म कुलो सिचाई योजना मु्रमा र रोकायावाडा कुलो सिचाई योजना जुबिथाका योजनाहरु क्रमागत योजनामा रहेको प्राबिधिक रावलले बताए ।

जिल्लामा सधै खडेरी हुने बालीनाली उत्पादनमा ह्रास आएको र सिंचाई कुलो निर्माणले स्थानीय बाली उत्पादनमा बृद्धि भएको प्राबिधिक रावलले बताए । ‘कालिकोट सधै खडेरीका मारमा रहने जिल्ला हो ।’ उनले भने,–‘सिचाई कुलो निर्माणका कारणले स्थानीय बाली उत्पादनमा बृद्धि भएको छ ।’

प्रतिक्रिया दिनुहोस्