टाटा मोटर्सको ब्याक–टिगोर नेपाली बजारमा



 

नेपाल समाचारपत्र
काठमाडौं
टाटा मोटर्स र यसको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले नयाँ पुस्ताको मागलाई ध्यानमा राखी उत्पादन गरेको नयाँ स्टाइल ब्याक कार, टाटा टिगोरको काठमाडौंमा एक समारोहबीच उद्घाटन गरेको छ।

चुस्त र अत्याधुनिक डिजाइनले गर्दा टाटा टिगोरले हालको प्यासेन्सजर कार सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरी नयाँ पुस्ताका बढ्दै गएका मागहरूलाई पूरा गर्ने विश्वास लिइएको छ। उक्त कारको रिभोटर्न १ दशमलव २ लिटर पेट्रोल भेरियन्ट नेपालभर शुरुआती मूल्य २३ लाख ४५ हजार रुपियाँमा उपलब्ध हुने कुरा कम्पनीले जानकारी गराएको छ।

टाटा टिगोरको अनावरण समारोहमा बोल्दै टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले भन्नुभयो– ‘भावी पुस्ताको मागलाई ध्यानमा राखेर नयाँ एवं अत्याधुनिक विशेषतासहित नयाँवर्गको आकर्षक गाडी निर्माणमा हामीले विशेष जोड दिएका थियौं। सोहीक्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनभन्दा केही फरक चिज निर्माण गर्यौं जसलाई स्टाइल ब्ल्याक भनेर नाम दिएका छौं।’ टाटा टिगोरको उद्घाटनसँगै कम्पनीको पोर्टफोलियोसमेत विस्तार भएको र नयाँ ग्राहकहरूलाई उक्त उत्पादनको अनुभव गर्न उहाँले आग्रह गर्नुभयो।

सोही समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले टाटा टिगोर उद्घाटन गर्न लागेको टाटा मोटर्स्को पहिलो अन्तर्राष्ट्रिय बजार प्रतिनिधि हुन पाएकामा आफ्नो कम्पनीलाई गर्व लागेको बताउनुभयो। टाटा टिगोरको भारतमा भएको उत्साहजनक विक्रीवितरणको आँकडाले यो टाटा मोटर्सको महत्त्वपूर्ण उत्पादन भएको कुरा पहिले नै सावित भइसकेको परिप्रेक्ष्यमा नेपालमा पनि यस गाडीले सफलता हासिल गर्ने कुरामा आफूहरू आशावादी रहेको कुरा जानकारी गराउनुभयो। उक्त कारमा नयाँ डिजाइनलाई विशेष प्राथमिकता दिएर तयार गरिएकाले टाटा मोटर्सले ग्राहकहरूको ध्यानाकर्षण गर्ने र कम्पनीको ब्रान्ड भ्यालुलाई समेत मजबुत पारेको श्रेष्ठले बताउनुभयो।
तत्काल एवम् लामो समयसम्म प्रभाव पार्ने टाटा मोटर्सले टाटा टिगोरको स्टाइलमा विशेष ध्यान दिएको छ। जुन इम्प्याक्ट डिजाइन दर्शनको तेस्रो गाडीअन्तर्गत समावेश हुन्छ। उक्त कारको बाहिरी र भित्री सजावटमा विशेष ध्यान दिइएको छ।

भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोगमा इन्भाइटिङ इन्टेरियर र कनेक्टिभिटी विशेषताहरू रहेका छन्। कारमा विश्वलाई आफूसँगै राख्नका निमित्त उच्च लेगरुम र २४ वटा युटिलिटी स्पेसहरूलाई बुद्धिमतापूर्वक कायम गरिएको छ। यसको आकर्षक डिजाइनलाई सर्वोत्कृष्ट प्रदर्शन र ड्राइभिङ डाइनामिक्सका साथ प्रस्तुत गरिएको छ । यो कार वर्गकै उत्कृष्ट ड्राइभिङ डाइनामिक्सका साथ रिभोटर्न १ दशमलव २ लिटर पेट्रोल इन्जिन र पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोड (इको र सिटी) माउपलब्ध छ।

त्यस्तै मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने नयाँ पुस्ताका ग्राकहरूको चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्स्ले विश्वचर्चित ग्लोबल इअर्ससहित हार्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरेको छ। एक्सई, एक्सटी, एक्स जेड र एक्स जेड ओ भेरियन्टमा उपलब्ध टाटा टिगोर ६ वटा आकर्षक रंगहरू जस्तै कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेडमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्