नागरिक लगानी कोषद्वारा करिब रु ८५ अर्ब ५० करोड लगानी



 

काठमाडौँ, १७ साउन । नागरिक लगानी कोषमा गत असार मसान्तसम्म सरकारी तथा गैरसरकारी संस्था गरी ४७ हजार ९२५ आबद्ध छन् ।

ती कार्यालयका ६ लाख ८ हजार ८४९ कर्मचारीबाट अहिलेसम्म रु ९३ अर्ब ५३ करोड ६२ लाख संकलन भएको छ । गत असार मसान्तसम्ममा कोषले रु ८५ अर्ब ५० करोड ४९ लाख लगानी गरेको छ ।

कोषले गरेको लगानीमध्ये ऋणपत्रमा रु एक अर्ब ८० करोड ९३ लाख, बैंक तथा वित्तीय संस्थामा रु ५७ अर्ब ९९ करोड निक्षेप संकलन भएको छ भने कर्जामा रु छ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा रु चार अर्ब दुई करोड ४८ लाख र सहभागी सापटी तथा आवास कर्जामा रु १५ अर्ब ११ करोड २ लाख रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७३÷७४ मा कोषबाट रकम भुक्तानी लिने सहभागीको संख्या ५९ हजार १६० छ भने दैनिक ८७८ जनाले सेवा लिने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्