अब विदेशबाट आएको फोन उठाउँदा पनि बोनस पाइने



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाल टेलिकमको मोबाइलमा विदेशबाट आएको फोन उठाउँदा पनि अब बोनस पाइने भएको छ । टेलिकमका अनुसार जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्नेछन् ।

नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर पनि अघि सारेका छ ।

भोलिदेखि लागू हुने यो अफर ९० दिनसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक एक हजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्