मनास्लुमा अहिले सम्मकै धेरै पर्यटक,राजस्व संकलनमा बृद्धी



सन्तोष अधिकारी,गोरखा ।
गोरखाको मनास्लु क्षेत्रमा घुम्नका लागि अहिले सम्मकै धेरै बाह्य पर्यटकहरु आएका छन् ।
आर्थिक वर्ष २०७३÷०७४ को साउन देखि असार सम्ममा अहिले सम्मकै धेरै पर्यटकहरु मनास्लु घुम्न आएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले जनाएको छ ।

‘मनास्लु घुम्न आउने पर्यटकहरुले अहिले सम्मको रेकर्डलाई ब्रेक गरे’ एमक्यापका प्रमुख नरेन्द्र लामाले भने ‘यस वर्ष पाँच हजार सातसय ४५ जना विदेशी पर्यटकहरुले मनास्लु पदमार्ग घुमेका छन् ।’

पछिल्लो तीन वर्षमा सन २०१५ मा पाँच हजार नौ सय १८ जना, ०१६ मा ४८७२ जना विदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

अघिल्लो वर्षमा भूकम्पले असर गरेको पर्यटकहरुको संख्या केहि कम भएको एमक्यापले जनाएको छ । भूकम्पले मनास्लु पदमार्ग भत्काएको थियो ।

त्यस लगत्तै पदमार्ग सुधार, स्थानीयहरुमा पर्यटन सम्बन्धी चेतना बृद्धि, केहि सेवा थप गरी होटलहरु लगायतका कुराहरुले पनि पर्यटकहरु बढेको लामाको भनाई छ ।

‘अन्य संरक्षण सडक सञ्जालले लथालिंग जस्तै बनाएको छ’ उनी भन्छन् ‘मनास्लुमा अहिले सम्म त्यसको असर परेको छैन । त्यसैले अब झन मनास्लु क्षेत्र आउने पर्यटकहरुको संख्या बढ्ने देखिन्छ ।’

एमक्यापले पर्यटकहरुको सहजताका लागि चुमनुब्री गाउँपालिकाको सिर्दीबास स्थित जगतमा र सामागाउँमा पर्यटन सूचना केन्द्र समेत स्थापना गरेको छ ।

मनास्लु घुम्न आर्थिक वर्ष २०७३÷०७४ को साउन महिनामा ३८ जना, भदौमा २८२, असोजमा १५५५, कार्तिकमा १३७१, मंसिरमा २३६, पुषमा ४०, माघमा ३७, फागुनमा ३१२, चैतमा १२१९, बैशाखमा ५४३, जेठमा ८४ र असारमा २८ विदेशी पर्यटकहरु आएको एमक्यापले जनाएको छ ।

यस्ता पर्यकहरुबाट १ करोड रुपैँया राजस्व संकलन भएको ट । मनास्लु क्षेत्रको दुई चर्चित चुमभ्याली र नुब्री भ्याली सँगै मनास्लु हिमाल आरोहणका लागि पनि पर्यटकहरु आउने गर्छन ।
त्यस्तै चर्चित लार्केपास गर्नका लागि पनि पर्यटकहरु गोरखाको मनास्लु क्षेत्रमा आउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्