कुरिलोको व्यावसायिक खेती



 

नेपाल समाचारपत्र
पाल्पा
विभिन्न रोगको औषधि र तरकारी अचारमा प्रयोग हुने कुरिलो खेती पाल्पामा व्यावसायिक रुपमा हुन थालेको छ। विभिन्न फाइदा हुने भएकाले घरायसी प्रयोजनका लागि मात्र नभएर व्यावसायिक रुपमा पनि यसको खेती हुन थालेको हो।

कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका कारण पनि किसानमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको हो।
कुरिलो खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा यसको माग बढ्दै गएको किसान बताउनुहुन्छ। विगत चार वर्षदेखि कुरिलो खेती गरेकी पाल्पा बराङदीकी लुमकला घिमिरे बजारमा कुरिलोको माग बढ्दै गएकाले एक किलोको चार सय रुपियाँमा सजिलै बिक्री हुने बताउनुहुन्छ।

विरुवा रोपेको चार⁄पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हँुदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ। बराङदीबाहेक अन्य ठाउँमा पनि यसको खेती हुन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
किसानले एक सिजनमा कुरिलोबाट ५० हजारदेखि १ लाख रुपियाँसम्म आम्दानी गर्न थालेको हुँदा यो खेतीको विस्तार गर्दै जाने बताउँछन्। यसका लागि जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोग आवश्यक रहेको किसानको माग छ।

 

प्रतिक्रिया दिनुहोस्