एनआईसी एसिया बैंकद्वारा सहयोग



काठमाडौं, (नेस)
एनआईसी एसिया बंैकले सेवाको १९ वर्ष पूरा गरी २०आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर जिल्लाको भैंसेपाटीस्थित अनाथ बालबाटिका संघमा आश्रित बालबालिकालाई सहयोग गरेको छ। बैंकले सो अवसरमा विभिन्न दुर्गम जिल्लाबाट आश्रय लिएका बालबालिकाको लागि आवश्यक शैक्षिक सामग्री एवम् खाद्य सामग्री वितरण गरेको हो।

सोही अवसर पारेर बैंकले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा लिई थापाथलीस्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा करीब १ सय ५० जना रक्तदाताले रक्तदान गरेका थिए।

बैंकले हालै देशैभरि फैलिएको आफ्नो शाखा सञ्जालमार्फत देशको विभिन्न स्थानमा करिब ८ हजार विरुवाको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो। वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्