जापानी सहयोगका कार्यक्रमबारे राजदूतको चासो



नेपाल समाचारपत्र,काठमाडौं
नेपालका लागि जापानका राजदूत माससी ओगावाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्राडा गोविन्दराज पोखरेलसँग शुक्रबार भेट गरी सम्पदा क्षेत्रमा भइरहेको पुनर्निर्माण प्रगतिबारे चासो राख्नुभयो।

त्यसक्रममा राजदूत ओगावाले काठमाडौं र पाटन दरबार स्क्वारको पुनर्निर्माण जापानले प्रदान गरेको आर्थिक सहयोगबारे चासो राखेको प्राधिकरणले जनाएको छ।

उक्त अवसरमा सीईओ डा. पोखरेलले पुनर्निर्माणमा पछिल्लो समय उल्लेख्य प्रगति भएको जानकारी दिँदै आगामी आर्थिक वर्ष पुनर्निर्माणमा निकै उल्लेखनीय हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुनर्निर्माणमा जनशक्तिको अभावबारे चर्चा गर्दै प्राविधिक जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग विस्तार गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्