हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ?



काठमाडौं (नेस) ।
हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन्।

नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो।

हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँसम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ ।

भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ ।

त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।

नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्