भारतको कर प्रर्णालीको असरः चेपुवामा नेपाली ब्यवसायी



कृष्णउदास खनाल,वीरगन्ज ।

छिमेकी देश भारतले यही जुलाइ १ गतेदेखि नयाँ एकीकृत कर प्रणाली (गुड्स एन्ड सर्भिसेज टैक्स) लगाएपछि त्यसको प्रभाव नेपालको मालसमान आयातमा पर्न थालेको छ ।

भारतमा उक्त नीति लागू भएको तीन दिनमा नै वीरगन्ज नाकाबाट कम मालसमान भित्रिएको भन्सार कार्यालयले जनाएको छ । खासगरी तेस्रो मुलुकबाट आयात हुने मालवस्तुको आयातमा निकै कमी आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

उनका अनुसार मंगलबार दिउसो सम्म्ममा ७ गाडी मात्र तेस्रो मुलुकबाट आयात गरिएको कस्मेटिक, खेलौना, रेडिमेड कपडाको आइटम आएको बताए । जब कि १ जुलाई पहिले तेस्रो मुलुकबाट यस्तो सामानहरूको गाडी कम्तिमा १२ वटा प्रवेश गथ्र्यो ।

उनले कर प्रर्णालीले हो कि, के कारणले मालसमान कम आइरहेको छ, ठ्याक्कै भन्न गा¥हो भएपिन सामान आयातमा कमी आएको बताएका छन् । यसैका कारण सामान आयातमा कमी आएको भन्ने आफूहरुलाई लागेको उनले बताए ।

भारतमा यो प्रर्णाली लागू हुनुभन्दा अगाडि भने नेपालमा सामान आयातमा कुनै समस्या नभएको तर यो नीति भारतमा लागू भएपछि सामान कम भित्रन थालेका कारण यसैका कारण भएको यहाँका ब्यवसायीहरुको पनि बिश्लेषण छ ।

ब्यवसायीहरुबाट रक्सौल आसपासमा नेपाल भित्रिने गाडीहरूको लामो लाइन लागेको खबर पाएको पनि उनले बताए । खाद्यान्न, नेपाली उद्योगको लागि आयातित कच्चा पदार्थ पहिलेकै परिमाणमा आइरहेको उनले बताए ।

भारतबाट आउने महँगा गाडीहरूको सङ्ख्यामा पनि कमी आएको सूचना अधिकारी यादव बताउँछन् ।भारतमा लगाइएको एकीकृत कर प्रर्णालीले नेपालका ब्यवसायीहरुलाई प्रत्यक्ष रुपमा असर पर्न थालिसकेको वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले बताए ।

खासगरी भारतको कर नीति र नेपालको कर नीतिमा एक रुपकता नभएका कारण पनि यसको असर नेपालमा देखिनु स्वभाविक भएको उनको तर्क छ ।

यद्यपी यो असर दीर्धकालिन रुपमा भने नरहनेमा उनी बिश्वस्त देखिन्छन् । भारतको कर प्रर्णालीको असर लामो समयसम्म देखिएमा भने नेपालका ब्यवसायीहरु सहित सर्वसधारण पनि मारमा पर्ने ब्यवसायीहरुको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्