हिमालयन बैंकद्वारा सीसी टिभी क्यामेरा प्रदान



काठमाडौं, (नेस)
हिमालयन बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान सीसी टिभी क्यामेरा जडान तथा रेकर्डिङ हस्तान्तरण गरेको छ। उक्त रेकर्डिङ उपकरणले १८ दिनसम्मको २४संै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ।

यस अवसरमा बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सीसी टिभीसम्बन्धी उपकरण मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्यसचिव दर्शन महतोलाई हस्तान्तरण गर्नुभयो। समारोहमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहाल, बैंकका सञ्चालक, आधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीको समेत उपस्थिति थियो।

त्यस क्रममा अध्यक्ष श्रेष्ठले सीसी टिभी जडान भएपश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरू नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको वताउनुभयो।

प्रतिक्रिया दिनुहोस्