सिजीका नयाँ मोडलका कुलर र पंखा बजारमा



नेपाल समाचारपत्र
काठमाडौं
सिजीले नयाँ मोडलका एयर कुलर र पंखा नेपाली बजारमा ल्याएको छ।कम्पनीले आकर्षक मोडलका कुलर र पंखा बजारमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार एयर कुलर विभिन्न चार मोडलमा छन्। जसमध्ये डिर्जट कुलर र पर्सनल कुलर गरी दुई प्रकारका रहेका छन्। त्यस बाहेक सिलिङ, स्ट्यान्ड, वाल र टेबल पंखा पनि बजारमा ल्याएको सिलिङ फ्यानका १२ वटा मोडल छन् भने टेबल फ्यानअन्तर्गत रिमोटर ननरिमोट पंखा रहेको कम्पनीले जनाएको छ।
कम्पनीले डिलरहरूको तथ्यांक भन्दै यसपटकको गर्मीमा विगतको भन्दा व्यापारमा वृद्धि भएको र सिजीका एयर कन्डिसनर र पंखाको माग उच्च रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्