बराह सहकारी ठगीका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ


काठमाडौँ।

बराह सहकारी ठगी प्रकरणमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।

गृहमन्त्री सुधन गुरुङका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले सहकारी ठगीका मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको बताएका छन्। उनले अब क्रमशः यस प्रकरणमा संलग्न अन्य दोषीको खोजी तथा कानुनी कारबाही प्रक्रियालाई पनि तीव्र बनाइने उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङले करिब पाँच वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताको पीडा सुनेको स्मरण गरेका छन्।

बचतकर्ताको पीडाले आफूलाई निरन्तर झकझकाइरहेको उल्लेख गर्दै उनले अभियन्ताका रूपमा रहँदा तथा ‘जेन–जी आन्दोलन’ पछिका प्रयासमा तत्काल ठोस काम गर्न नसकेको बताएका छन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पीडितलाई न्याय दिलाउने उद्देश्यले खोजी तथा अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको उनको भनाइ छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।