डा. मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह आगामी मंसिर १० गते हुन लागेको हो। लामो समय प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आफ्नो सम्बन्धलाई विवाहमार्फत औपचारिकता दिन लागेका हुन्।

निकटस्थहरूका अनुसार उनीहरूको टीकाटालोसमेत भइसकेको छ । विवाहको तयारीका लागि मुकुल बुधबार काठमाडौंबाट झापा जाँदैछन् ।

मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित डाँगीको घर जाने उनको तयारी छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।