मधेसका मुख्यमन्त्री यादवले आज शपथ लिँदै, विश्वासको मत जुटाउन चुनौती


काठमाडौं ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

यद्यपि, उनको दोस्रो कार्यकाल पनि चुनौतीपूर्ण देखिएको छ । १०३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्नेछ । जसपा नेपालसँग हाल २७ सदस्यको समर्थन रहेकाले यादवले विश्वासको मतका लागि थप २६ सदस्यको समर्थन जुटाउनुपर्नेछ ।

यसअघि २०७९ पुस २७ गते पहिलोपटक मुख्यमन्त्री बनेका यादवले २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत गुमाएका थिए । यसपटक पनि आवश्यक बहुमत जुटाएर सरकारलाई निरन्तरता दिनु उनका लागि मुख्य चुनौती बनेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।