काठमाडौँ ।
बडादसैँअन्तर्गत शारदीय नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको पूजा–आराधना गरिँदै छ। हिन्दु धर्मावलम्बीहरूले सुख, शान्ति, समृद्धि तथा मनोकामना पूर्तिको कामना गर्दै देवीको विधिपूर्वक पूजा गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार माता कात्यायनीलाई महिषासुरको वध गर्ने शक्तिशाली देवीका रूपमा लिइन्छ। देवीको आराधना गर्नाले भय, दुःख र कष्टबाट मुक्ति मिल्ने तथा जीवनमा सकारात्मक प्रगति हुने धार्मिक विश्वास छ।
नवरात्रको यस दिन भक्तजनहरूले देवीलाई फूल, अक्षता, फलफूल, धूप–दीप तथा नैवेद्य अर्पण गरी मन्त्रजप र आरती गर्छन्। यस अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा दसैँघरहरूमा पूजा–आराधना गर्ने भक्तजनहरूको चहलपहल रहने गर्दछ।














प्रतिक्रिया