‘गड इज अ वुमन’ फेस्टिभलमा र्‍यापर रेबेलसहित महिला र्‍यापरहरूको प्रस्तुति


चर्चित बलिउड फिल्म ‘धुरन्धर’का गीतमा र्‍याप प्रस्तुत गरेकी र्‍यापर रेबेलले काठमाडौंमा प्रस्तुति दिएकी छन्। शनिबार साँझ आयोजित महिला र्‍यापरहरूको सांगीतिक महोत्सव ‘गड इज अ वुमन’मा रेबेलले आफ्नो प्रस्तुति दिएकी हुन्।

‘धुरन्धर’ फिल्मका गीतमार्फत बलिउड संगीतमा समेत चर्चा कमाएकी रेबेलको लोकप्रियता पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत बढ्दै गएको छ।

कार्यक्रममा महिला र्‍यापरहरू सुम्निमा सेतलिङ (अमाजुमी), उज्वला महर्जन, प्रतीक्षा, एभरेस्ट क्विनलगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए।

इस्काथी इन्टरटेनमेन्टले हरेक वर्ष आयोजना गर्दै आएको ‘गड इज अ वुमन’ फेस्टिभलमा महिला र्‍यापरहरूले मात्र प्रस्तुति दिने गर्छन्। महिला कलाकारलाई प्रोत्साहन गर्नुका साथै नेपाली र्‍याप संगीतमा महिलाहरूको उपस्थिति र सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आएको इस्काथी इन्टरटेनमेन्टका सुवास राजउपाध्यायले बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।