२०७० सालदेखि ललितपुर उद्योग वाणिज्य संघमा आबद्ध भूमिनन्दन कर्माचार्यले तीन कार्यकाल कार्यसमिति सदस्य, सामाजिक सेवा समितिको संयोजक, कोषाध्यक्ष हुदै महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहा“ले संघको संस्थागत विकास, आर्थिक सुदृढीकरण, व्यवसायीका समस्या समाधान र डिजिटल प्रणाली विकासलाई आफ्नो अनुभवको आधार बताउनुभएको छ।अध्यक्ष पदमा उम्मेदवारी र आगामी योजनाबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः–
अध्यक्ष तपाईको उम्मेदवारी किन ?
महासचिवको जिम्मेवारी निर्वाह गर्दै गर्दा संघलाई अझ नजिकबाट चिन्ने र व्यवसायीका समस्या बुझ्ने अवसर पाए“ । पा“च कार्यकाल संघमा विभिन्न जिम्मेवारी सम्हालिसकेको अनुभव पनि छ। अब अध्यक्षको जिम्मेवारी लिएर व्यवसायीका समस्या समाधानमा अझ प्रभावकारी ढंगले काम गर्न चाहन्छु।
संघमा लामो समय रहेर तपाईंले पु¥याउनुभएको मुख्य योगदान के रहयो ?
संघको संस्थागत विकाससंगै आर्थिक र सामाजिक क्षेत्रमा काम गरेको छु।कोषाध्यक्ष हु“दा संघको आर्थिक अवस्था सुदृढीकरणमा काम गरे।रजतजयन्तीका अवसरमा सिक्का निष्कासन, जावलाखेलमा रजतजयन्ती स्तम्भ स्थापना र छात्रवृत्ति कोष वृद्धि लगायतका काममा भूमिका रहयो। महासचिव भएपछि सचिवालय सुदृढीकरण, तालिम तथा अन्तरक्रिया विस्तार, डिजिटल प्रणाली विकास र बिजनेस इन्क्युबेशन सेन्टर स्थापनामा काम गरेका छौं।
व्यवसायीका तत्कालीन समस्या के हुन् ?
फुटपाथ व्यापार, पार्किङ, कर तथा राजस्व लगायतका समस्या व्यवसायीले भोगिरहेका छन्। स्थानीय सरकारसंग समन्वय गरेर यी समस्या समाधानका लागि पहल गर्दै आएका छौं।आगामी दिनमा निजी क्षेत्रको आवाज स्थानीय, प्रदेश र संघीय सरकारसम्म अझ प्रभावकारी रूपमा पु¥याउनुपर्छ।
संघले व्यवसायीका समस्या समाधानमा अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो पनि छ नि ?
व्यवसायीका समस्या समयअनुसार बदलिएका छन्।त्यसअनुसार संघको भूमिका पनि प्रभावकारी बनाउनुपर्छ।मैले महासचिवका रूपमा व्यवसायी र सरकारी निकायबीच समन्वय गर्ने काम गर्दै आएको छु।अब अध्यक्षको जिम्मेवारी पाए“ भने त्यसलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनेछु।
तपाईंले अध्यक्षमा निर्वाचन हुनभयो भने संघले कुन क्षेत्रमा प्राथमिकता पाउनेछ ?
व्यवसायीको हकहित र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राख्नेछु।संघको संस्थागत क्षमता बढाउने, सदस्यलाई आवश्यक सेवा सहज बनाउने र सरकारसंग नीतिगत तहमा प्रभावकारी संवाद गर्नेछु।नया“ पुस्तालाई उद्यमशीलतामा जोड्ने कामलाई पनि प्राथमिकता दिनेछु।
बिजनेस इन्क्युबेशन सेन्टरको कसरी सञ्चालन गर्नुहुनेछ ?
बागमती प्रदेश सरकारको सहयोगमा ललितपुर बिजनेस इन्क्युबेशन सेन्टर स्थापनाको काम अघि बढेको छ।यसको उद्देश्य नया“ पुस्ताका उद्यमीलाई व्यवसाय सुरु गर्न आवश्यक ज्ञान, सीप र सहजीकरण उपलब्ध गराउनु हो।आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने योजना छ।
संघको संस्थागत विकासका लागि तपाईंको प्राथमिकता के हुनेछ ?
संघलाई केवल समस्या पर्दा सरकारसंग कुरा गर्ने संस्थाका रूपमा सीमित राख्नु हु“दैन।सदस्यलाई आवश्यक सेवा, सूचना, तालिम र व्यावसायिक सहजीकरण दिने संस्थाका रूपमा विकास गर्नुपर्छ। सचिवालयलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउ“दै संघको पहु“च पनि विस्तार गर्नेछु।
महासचिव भएपनि तपाईं अध्यक्षको उम्मेदवारीको लागि किन तयार बनाएको छ ?
कार्यसमिति सदस्यदेखि कोषाध्यक्ष र महासचिवसम्मका जिम्मेवारीले संघका सबै पक्ष बुझ्ने अवसर दिएको छ।आर्थिक व्यवस्थापनदेखि प्रशासन, सदस्यका समस्या र सरकारी निकायसंगको समन्वयसम्म काम गरेको अनुभव छ। यही अनुभवलाई नेतृत्वमा उपयोग गर्न चाहन्छु।
व्यवसायीले तपाईंलाई किन विश्वास गर्ने ?
मैले घोषणा भन्दा कामलाई प्राथमिकता दि“दै आएको छु।संघमा पा“च कार्यकाल जिम्मेवारी सम्हाल्दा संस्थागत विकास र व्यवसायीका समस्यामा काम गरेको छु। विगतको कामको मूल्यांकन गरेर व्यवसायीले विश्वास गर्नुहुन्छ भन्ने अपेक्षा छ।
ललितपुरको व्यापारिक वातावरण सुधार्न संघले अब के भूमिका खेल्नुपर्छ ?
ललितपुरको व्यापारिक वातावरण सुधार्न स्थानीय तह, व्यवसायी र सरोकारवाला निकायबीच निरन्तर संवाद आवश्यक छ।पार्किङ, सडक, फुटपाथ व्यापार, कर तथा पूर्वाधारका विषयमा व्यवसायीले व्यावहारिक समस्या भोगिरहेका छन्। संघले समस्या उठाउने मात्र होइन, सम्बन्धित निकायसंग समन्वय गरेर समाधानको पहल र त्यसको निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ।
साना तथा मझौला व्यवसायीलाई संघसँग जोड्न तपाईंको योजना के छ ?
संघको सदस्यता केवल संस्था वा व्यवसायीको परिचयका रूपमा सीमित हुनुहुदैन।साना तथा मझौला व्यवसायीलाई कानुनी, कर, डिजिटल प्रविधि, बजार र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी तथा तालिम उपलब्ध गराउनुपर्छ सदस्यले संघबाट प्रत्यक्ष लाभ पाउने वातावरण बनाएर नया पुस्ता र साना व्यवसायीको सहभागिता बढाउने मेरो योजना छ।
निजी क्षेत्रको लगानी र रोजगारी बढाउन संघले कस्तो पहल गर्न सक्छ ?
ललितपुरमा परम्परागत व्यवसायसंगै नया प्रविधि, सिर्जनात्मक उद्योग, पर्यटन र सेवा क्षेत्रमा ठूलो सम्भावना छ।स्थानीय स्रोत, सीप र बजारलाई जोडेर नया“ उद्यम प्रवद्र्धन गर्नुपर्छ।बिजनेस इन्क्युबेशन सेन्टरमार्फत नया“ उद्यमीलाई सहजीकरण गर्ने, सफल व्यवसायीसंग नया पुस्तालाई जोड्ने र सरकारसंग लगानीमैत्री नीतिका लागि संवाद गर्ने कामलाई अघि बढाउनेछु।
अन्त्यमा व्यवसायीलाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य पद प्राप्त गर्नु मात्र होइन,जिम्मेवारी लिएर काम गर्नु हो।महासचिव हु“दा व्यवसायीका समस्या नजिकबाट बुझेको छु।अब अध्यक्षको जिम्मेवारी पाए“ भने ती समस्या समाधानका लागि अझ प्रभावकारी रूपमा काम गर्नेछु।व्यवसायीको विश्वास र समर्थन लिएर संघलाई थप सशक्त र परिणाममुखी संस्था बनाउने मेरो प्रतिबद्धता छ।
- पाच कार्यकाल संघमा विभिन्न जिम्मेवारी सम्हालिसकेको अनुभव पनि छ। अब अध्यक्षको जिम्मेवारी लिएर व्यवसायीका समस्या समाधानमा अझ प्रभावकारी ढंगले काम गर्न चाहन्छु।
– जतजयन्तीका अवसरमा सिक्का निष्कासन, जावलाखेलमा रजतजयन्ती स्तम्भ स्थापना र छात्रवृत्ति कोष वृद्धि लगायतका काममा भूमिका रहयो।
-आगामी दिनमा निजी क्षेत्रको आवाज स्थानीय, प्रदेश र संघीय सरकारसम्म अझ प्रभावकारी रूपमा पु¥याउनुपर्छ।
-व्यवसायीका समस्या समयअनुसार बदलिएका छन्।त्यसअनुसार संघको भूमिका पनि प्रभावकारी बनाउनुपर्छ।
-संघको सदस्यता केवल संस्था वा व्यवसायीको परिचयका रूपमा सीमित हुनुहु“दैन।साना तथा मझौला व्यवसायीलाई कानुनी, कर, डिजिटल प्रविधि, बजार र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी तथा तालिम उपलब्ध गराउनुपर्छ सदस्यले संघबाट प्रत्यक्ष लाभ पाउने वातावरण बनाएर नया पुस्ता र साना व्यवसायीको सहभागिता बढाउने मेरो योजना छ।
-बिजनेस इन्क्युबेशन सेन्टरमार्फत नया“ उद्यमीलाई सहजीकरण गर्ने, सफल व्यवसायीसंग नया पुस्तालाई जोड्ने र सरकारसंग लगानीमैत्री नीतिका लागि संवाद गर्ने कामलाई अघि बढाउनेछु।











प्रतिक्रिया