‘ललितपुरलाई पर्यटन र व्यवसायको केन्द्र बनाउने योजना छ’


व्यवसायीको सम्मान र उद्योग व्यवसायको उत्थान मेरो अभियान हो ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुशन महर्जन आगामी असोज २४ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ।संघमा कार्यसमिति सदस्यदेखि उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसक्नुभएका महर्जनले व्यवसायीका समस्या समाधान, निजी क्षेत्र–सरकार सहकार्य र ललितपुरको उद्योग–व्यवसाय प्रवद्र्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ। अध्यक्ष पदमा उम्मेदवारी, आगामी कार्ययोजना र व्यवसायीका समस्याबारे गरिएको उम्मेदवार महर्जनसंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः

अध्यक्षमा तपाईको उम्मेदवारी किन?
ललितपुर उद्योग वाणिज्य संघमा मेरो जिम्मेवारी क्रमशः बढ्दै आएको छ।अहिले म वरिष्ठ उपाध्यक्ष छु। त्यसैले अध्यक्ष पदमा उम्मेदवारी दिनु स्वाभाविक दाबेदारी पनि हो।संघमा रहेर मैले व्यवसायीका समस्या र हितका विषयमा काम गर्दै आएको छु।व्यवसायीले अहिले उद्योग वाणिज्य संघको नेतृत्व गर्ने क्षमता भएको व्यक्ति खोजिरहेका छन्।स्थानीय, प्रदेश र संघीय सरकारसंग सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि मैले काम गरेको अनुभव छ।यही आधारमा व्यवसायीले मलाई विश्वास गर्नुहुन्छ भन्ने मेरो अपेक्षा हो।

तपाईंका एजेन्डा के–के हुन् ?
अध्यक्षको उम्मेदवार भएपछि स्पष्ट अवधारणा र घोषणापत्र लिएर जानुपर्छ। मैले विगतमा भएका कामको समीक्षा गर्दै देशको वर्तमान परिस्थिति र व्यवसायीका आवश्यकतालाई ध्यानमा राखेर करिब सयबुदे अवधारणा ल्याएको छु। त्यसमा नया“ कुरा मात्र होइन, विगतमा गरिएका कामलाई निरन्तरता दिने र थप सुधार गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

निर्वाचनका क्रममा व्यवसायीसंग भेट्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
मलाई अहिलेसम्म व्यवसायीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दा पनि व्यवसायीको साथ र सहयोग पाएको छु।पूर्वअध्यक्ष, संघका पदाधिकारी, व्यवसायी, सरकारी तथा प्रदेशस्तरीय निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वसंग भेटघाट गर्दा पनि उद्योग–व्यवसायको पृष्ठभूमि भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने धारणा पाएको छु।यसले मेरो उत्साह अझ बढाएको छ।

निर्वाचनअघि घोषणापत्र ल्याउने तर निर्वाचित भएपछि बिर्सने प्रवृत्ति विगतमा देखिदै आएकोमा त्यसबाट तपाई कसरी फरक बन्नुहुनेछ ?
चुनावमा सबै उम्मेदवारले आफ्नो नारा र अवधारणा ल्याउ“छन्।तर हाम्रो अवधारणा व्यवसायीको वास्तविक समस्या र संघको मूल उद्देश्यमा आधारित छ।आकाशबाट तारा झार्ने खालका अव्यावहारिक कुरा हामीले गरेका छैनौं।व्यवसायीका समस्या, संघको भूमिका र विगतको अनुभवका आधारमा तयार गरिएको अवधारणा भएकाले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि मेरो छ।

अहिले व्यवसायीका मुख्य समस्या के हुन् ?
अहिले व्यवसायीलाई सबैभन्दा पहिले सम्मान र आत्मविश्वास चाहिएको छ।राज्यले उद्योगी–व्यवसायीलाई उनीहरूको योगदान अनुसार सम्मान गर्नुपर्छ।उद्योगी–व्यवसायीले राज्यलाई सहयोग नगर्ने भन्ने होइन।देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान हुन्छ।त्यसैले सरकार र निजी क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक छ।सरकारले व्यवसायीलाई विश्वास गर्ने वातावरण बनाउनुपर्छ।

वरिष्ठ उपाध्यक्षका रूपमा तपाईंले अहिलेसम्म के काम गर्नुभयो?
ललितपुर उद्योग वाणिज्य संघमा आएपछि शुरुमा सदस्य कार्यसमितिको जिम्मेवारी लिए“। त्यसपछि उपाध्यक्ष हुदै अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छु।यस अवधिमा व्यवसायीले आफ्ना समस्या लिएर आएपछि त्यसलाई सम्बन्धित निकायसम्म पु¥याउने काम गर्दै आएको छु।स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म व्यवसायीका समस्या उठाएका छौं।नेपाल उद्योग वाणिज्य महासंघमा पनि ललितपुरका व्यवसायीका विषय प्रस्तुत गर्दै आएका छौं।आफ्नो जिम्मेवारी अनुसार व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पु¥याउने काममा मैले कुनै कसर बाकी राखेको छैन भन्ने लाग्छ।

उद्योग वाणिज्य संघले अपेक्षा अनुसार काम गर्न सकेन भन्ने गुनासोलाई तपाईले कसरी लिनुभएको छ?
देशको परिस्थिति परिवर्तन हु“दै गएको छ।त्यसअनुसार व्यवसायीका समस्या पनि बदलिएका छन्। तर ललितपुर उद्योग वाणिज्य संघले आफ्नो काम निरन्तर गरिरहेको छ।कर, भन्सार, महानगरपालिकासंग सम्बन्धित विषय लगायत व्यवसायीका समस्यामा हामीले सम्बन्धित निकायसंग निरन्तर सहकार्य गर्दै आएका छौं। नया“ अवधारणा र समस्या समाधानका लागि विभिन्न निकायसँग छलफल पनि गर्दै आएका छौं।बागमती प्रदेशमा ललितपुर उद्योग वाणिज्य संघको पहलमा इन्क्युबेसन सेन्टर स्थापनाको काम अघि बढेको छ।आगामी कार्यकालमा नया“ पुस्ताका उद्यमीलाई त्यसमार्फत स्टार्टअप व्यवसाय र अन्य व्यावसायिक अवधारणामा सहयोग गर्ने योजना पनि छ।

तपाईं निर्वाचित हुनुभयो भने अहिले भइरहेको काममा के थप गर्नुहुन्छ?
अहिले भइरहेको कामलाई निरन्तरता दिँदै केही नयाँ क्षेत्रलाई प्राथमिकता दिनेछु।ललितपुर उद्योग वाणिज्य संघ व्यवसायीको मात्र संस्था होइन। यहाको संस्कृति, पर्यटन र हस्तकलासंग पनि यसको सम्बन्ध छ।ललितपुरमा पर्यटक आउछन्, तर पर्यटकलाई लामो समय बसाउन सक्ने पूर्वाधार पर्याप्त छैन।ठूला र सुविधा सम्पन्न होटलको अभावका कारण धेरै पर्यटक काठमाडौंमै बस्ने अवस्था छ।त्यसैले पर्यटन व्यवसायी, होटल व्यवसायी र संघबीच सहकार्य गरेर पर्यटकलाई ललितपुरमै बस्ने वातावरण बनाउन पहल गर्नुपर्छ।ललितपुरको कला, संस्कृति र हस्तकलालाई पर्यटनसंग जोडेर आर्थिक गतिविधि बढाउन सकिन्छ। त्यसैगरी संघको संरचनालाई विविधीकरण गर्दै ललितपुरका विभिन्न क्षेत्रसम्म पहुच विस्तार गरेर उद्योग व्यवसायको विकासमा काम गर्ने मेरो योजना छ।

संघले नीतिगत विषयमा पर्याप्त प्रभावकारी भूमिका खेल्न नसकेको भन्ने आलोचनालाई तपाईंलाई तपाईले कसरी लिनुभएको छ?
नीतिगत विषयमा काम गर्नु एउटा जिल्लाको संघले मात्र गरेर सम्भव हु“दैन।त्यसका लागि प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसंग सहकार्य आवश्यक हुन्छ।ललितपुरका व्यवसायीका समस्या र लगानीका विषयमा हामीले विभिन्न चरणमा छलफल गर्दै आएका छौं।सम्बन्धित सरकारी निकाय, वाणिज्य विभाग र स्थानीय तहसंग पनि समन्वय भइरहेको छ।हामीले आफ्नातर्फबाट गर्नुपर्ने पहल र दबाब निरन्तर दिइरहेका छौं।सरकारी प्रक्रियाका कारण केही विषयमा ढिलाइ भएको हुन सक्छ, तर संघले आफ्नो भूमिका निर्वाह गर्न छाडेको छैन।

तपाईंको नेतृत्वमा बनेको चुनावी प्यानलको मुख्य विशेषता के हो ?
ललितपुर उद्योग वाणिज्य संघमा व्यवसायीको नेतृत्व गर्ने सोच र अनुभव भएको टिम आवश्यक छ।विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यवसायीलाई समेटेर मैले टिम निर्माण गरेको छु।यसमा सुनचा“दी, पर्यटन, कपडा तथा सिलाइ, हस्तकला लगायत विभिन्न क्षेत्रका व्यवसायी सहभागी हुनुहुन्छ।छरिएर रहेका व्यवसायीलाई एउटै टिममा जोडेर सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी टिम बनाएका छौं।
अन्त्यमा व्यवसायीलाई के भन्न चाहनुहुन्छ?
मेरो मूल नारा नै व्यवसायीको सम्मान, उद्योग व्यवसायको उत्थान—हाम्रो अभियान हो।यही उद्देश्यका साथ म अध्यक्ष पदमा उम्मेदवार बनेको हु।ललितपुर उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र व्यवसायी मैत्री संस्था बनाउने मेरो प्रतिबद्धता छ।व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायसंग सहकार्य गर्दै संघको भूमिका अझ बलियो बनाउनेछु।

-संघमा रहेर मैले व्यवसायीका समस्या र हितका विषयमा काम गर्दै आएको छु।व्यवसायीले अहिले उद्योग वाणिज्य संघको नेतृत्व गर्ने क्षमता भएको व्यक्ति खोजिरहेका छन्।स्थानीय, प्रदेश र संघीय सरकारसंग सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि मैले काम गरेको अनुभव छ।
-अध्यक्षको उम्मेदवार भएपछि स्पष्ट अवधारणा र घोषणापत्र लिएर जानुपर्छ।मैले विगतमा भएका कामको समीक्षा गर्दै देशको वर्तमान परिस्थिति र व्यवसायीका आवश्यकतालाई ध्यानमा राखेर करिब सयबु“दे अवधारणा ल्याएको छु।
-वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दा पनि व्यवसायीको साथ र सहयोग पाएको छु।पूर्वअध्यक्ष, संघका पदाधिकारी, व्यवसायी, सरकारी तथा प्रदेशस्तरीय निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वसंग भेटघाट गर्दा पनि उद्योग–व्यवसायको पृष्ठभूमि भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने धारणा पाएको छु।यसले मेरो उत्साह अझ बढाएको छ।
-अहिले व्यवसायीलाई सबैभन्दा पहिले सम्मान र आत्मविश्वास चाहिएको छ।राज्यले उद्योगी–व्यवसायीलाई उनीहरूको योगदान अनुसार सम्मान गर्नुपर्छ।उद्योगी–व्यवसायीले राज्यलाई सहयोग नगर्ने भन्ने होइन।देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान हुन्छ।