सिंगल माल्टपछि, व्हिस्की पारखीहरूको नजर रेयर माल्टतर्फ


काठमाडौँ।

रेयर माल्ट केवल एउटा लेबल वा वर्गीकरण होइनस यसले व्हिस्कीको वास्तविक उत्पत्तिको कथा बताएको छ। नयाँ पुस्ताका पेयप्रेमीहरू यही कथाप्रति आकर्षित हुँदै गएका छन्। स्कच व्हिस्कीका पाँचवटा कानुनी रूपमा परिभाषित श्रेणी छन्। सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच, यी सबैका आफ्नै स्पष्ट परिभाषा भएको कम्पनीले जनाएको छ।

रेयर माल्ट भने यो सूचीमा नपर्ने र कहिल्यै कानुनी श्रेणीका रूपमा नरहेको कम्पनीको दाबी छ।

विश्वभर मानकीकृत ब्रान्डहरूको विस्तार हुनुअघि परम्परागत व्हिस्कीको केन्द्रमा त्यसको आफ्नै चरित्र रहेको छ । व्हिस्की प्रेमीहरूको ध्यान रेयर माल्टतर्फ मोडिँदैछ।

आफ्नो शिल्पमा दक्ष मास्टरहरूले सावधानीपूर्वक छनोट गरेका माल्टहरूको यस्तो समूह, जसको पहिचान यसको विशिष्ट उत्पत्ति, बलियो चरित्र र दोहोरिन नसक्ने दुर्लभताले गर्ने कम्पनिले विज्ञप्ति मार्फत जानकारी दिएको छ।