काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारले प्रतिशोध साँध्न सक्ने, गिरफ्तारी गर्न सक्ने तथा आक्रमणसमेत गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे।
उनले आफूलाई पक्राउ गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै लाखौँ कार्यकर्ता सडकमा उतार्ने दाबी गरे। यसअघि केही हजारको संख्यामा कार्यकर्ता सडकमा आएको उल्लेख गर्दै अब लाखौँको संख्यामा प्रदर्शन हुने उनको भनाइ थियो।त्यस्तै, नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) ले आफू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको ओलीले दाबी गरेका छन्।











प्रतिक्रिया