तनाव अन्त्यका लागि दलहरू एकजुट, सरकारलाई सचेत गराइयो


काठमाडौँ ।

रास्वपा सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था अन्त्य गर्न संयम र सद्भाव कायम राख्ने निर्णय गरेको छ।

बैठकमा सहभागी दलहरूले शान्ति सुरक्षाको अवस्था सुधार गर्न संयुक्त अपिल जारी गर्ने सहमति गरेका छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै संवेदनशील अवस्थामा प्रधानमन्त्री र गृहमन्त्रीले थप सक्रियता देखाउनुपर्ने बताए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तनावग्रस्त क्षेत्रमा सामान्य अवस्था फर्काउने विषयमा छलफल भएको जानकारी दिए। उनले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकारको तयारीबारे दलहरूले चासो व्यक्त गरेको बताए।