बा : एक योद्धा बाउ–छोराको सम्बन्धदेखि विपत्तिसम्म


आगामी भदौ १९ गते रिलिजमा आउने फिल्म बा ः एक योद्धाको पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको मर्मस्पर्शी टिजर पनि सार्वजनिक गरेको छ।


सार्वजनिक पोस्टरमा फिल्मका दुई कलाकार माओत्से गुरुङ र अनिल बुढाथोकी देखिएका छन्। उनीहरू ग्यारेजमा उभिएर तस्बिरका लागि पोज दिइरहेका छन्। माओत्से र अनिलको पहिरन तथा त्यसमा देखिएको मोबिलको कालोले उनीहरू ग्यारेज सञ्चालन गरेर बसेका मिस्त्री हुन् कि भन्ने संकेत गर्छ। पोस्टरले बुबाले खोलेको ग्यारेजमै छोराले पनि काम गरिरहेको देखाएको छ। बुबाको पदचाप पछ्याउने छोराको कथा देखाउन खोजिएको संकेतका रूपमा पोस्टर आएको अनुमान गर्न सकिन्छ। अनिलको कर्मापछिको यो दोस्रो फिल्म हो।

सार्वजनिक फिल्मको टिजरको सुरुआत ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादबाट हुन्छ। सुरुआती दृश्यमा फिल्मका मुख्य पात्र दिव्यदेव पन्त जुत्तादेखि टाउकोसम्म रगतले लत्पतिएको अवस्थामा देखिन्छन्। यसले उनी ठूलो घटनाबाट फर्किएको संकेत गर्छ। उनको चालले परिवारकै कुनै सदस्य मिसिङ भएको अनुमान गर्न सकिन्छ। दिव्यदेव आप्mनो घरअगाडि पुगेपछि उनको दिमागमा विगतका सम्पूर्ण दृश्य एकपछि अर्को गर्दै पल्टिन्छन्, जसले उनको सुन्दर परिवार देखाउ“छ। त्यसपछि परिवारमा आएको विपत्तिका दृश्य देखिन्छन्। बाबालाई बोलाउ“दै कुद्दै गरेकी छोरी, परिवारका अन्य सदस्य तथा गाउ“लेहरू आत्ति“दै क“ुदिरहेको दृश्यले परिवारमा भएको ठूलो महाविपत्तिको संकेत गर्छ।

टिजरको बीचमा ‘आज बाउको मुख हेर्ने दिन। तर एउटा बाले आप्mनो छोराको मुख हेर्न पाएन’ भन्ने संवाद सुनिन्छ। त्यसपछि दिव्यदेव एउटा गाडीमा कतै गइरहेको दृश्य छ। त्यसलगत्तै आमा–छोरीको भूमिकामा रहेका झरना थापा र सुहाना थापा रोइरहेको दृश्यले कथालाई अझ भावुक बनाएको छ। टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ। पूर्ण पारिवारिक कथा प्रस्तुत गर्न सफल टिजरले परिवारको भावनात्मक पक्षलाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

फिल्मको मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा आधारित रहेको निर्माणपक्षले जनाएको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको बा ः एक योद्धा कुशे औ“सी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। दर्जनौ“ लोकप्रिय गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायकका रूपमा परिचित छन्। बा ः एक योद्धा उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालद्वारा निर्मित फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका छन्।

फिल्ममा माओत्से गुरुङ, अनिल बुढाथोकी, झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारल अभिन गरेको फिल्ममा शिवराम श्रेष्ठको छाया“कन रहेको छ। फिल्म आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।