काठमाडौं ।
जिल्ला काठमाडौं महानगरपालिका-१४ गाङखेलबाट साउन १२ गते सशस्त्र प्रहरीले ठुलो परिमाणको लागुऔषध तीन जनालाई लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ-५ घर भई हाल ललितपुर महालक्ष्मी थान- ६ बस्ने २४ वर्षीय दिपक राई छन।
उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागूऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को BAC 7017 नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँ समेत बरामद गरेको हो ।
नियन्त्रणमा लिईएका तिनै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, मोटरसाईकल र मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।











प्रतिक्रिया