काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु


काठमाडौँ।

काठमाडौँको महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभीले दुई वटा ट्याक्सी, दुई वटा मोटरसाइकल, पिकअप योद्धा र बस लगायतका सवारीसाधनलाई ठक्कर दिएको हो।

दुर्घटनामा चालकको मृत्यु भएको छ। लमजुङ घर भएका रामकृष्ण अवालको उपचारको क्रममा मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइतेहरूको त्रिवि शिक्षण अस्पताल र मेट्रो अस्पतालमा उपचार हुँदै छ।