एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर अब दैनिक १५ घण्टा खुला रहने


काठमाडौं।


विद्युतीय ट्याक्सी सेवा प्रदायक एक्सप्रेस–टीले ग्राहक तथा चालकको सुविधालाई ध्यानमा राख्दै बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय विस्तार गरेको छ।

कम्पनीका अनुसार अब सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म अर्थात् दैनिक १५ घण्टा सञ्चालन हुनेछ। यसअघि उक्त सेन्टर बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र खुला रहने गरेको थियो।

सञ्चालन समय विस्तारसँगै काठमाडौं उपत्यकाका ट्याक्सी चालकहरूले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ। यसबाट सवारी सञ्चालनमा हुने अवरोध कम भई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

कम्पनीले बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा पनि चाँडै यही समय तालिका लागू गर्ने तयारी गरेको जनाएको छ।

हाल एक्सप्रेस–टीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू लगायत १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सेवा सञ्चालन गरिरहेको छ। साथै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले ग्राहकका लागि एक वर्षको अटो प्लस गाडी बिमा, तीन वर्ष वा एक लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा पाँच वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

एक्सप्रेस–टीले विस्तारित सर्भिस समयमार्फत विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ प्रभावकारी, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।