काठमाडौँमा सुनचाँदीको मूल्यमा भारी गिरावट


काठमाडौँ ।

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।