सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा


काठमाडौं ।

सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, निरज ढकाललाई सहायक महाप्रबन्धकबाट सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ ।

थापाले सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकिङ क्षेत्रमा काम गरेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा करिब १० वर्ष सेवा गरेका उनी पछिल्लो दुई वर्षदेखि पुनः सानिमा बैंकमा कार्यरत छन् ।

त्यस्तै, ढकाल सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा आबद्ध रहँदै आएका छन् ।

बैंकिङ क्षेत्रमा दुवैको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।