माछापुच्छ्रे बैंक लिमिटेड भिसा लिडरसिप कन्क्लेभमा ‘Excellence in E-Commerce Acquiring Business – Associate Client Award’ बाट सम्मानित भएको छ। पीओएस एक्वायरिङ बिजनेसअन्तर्गत उत्कृष्ट कार्यसम्पादन तथा योगदानको कदरस्वरूप बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
यस अवार्डसँगै माछापुच्छ्रे बैंक भिसाबाट लगातार तेस्रो पटक सम्मानित भएको छ। यसअघि बैंकले सन् २०२४ मा ‘Excellence in E-Commerce Acquiring Business’ र सन् २०२३ मा ‘Excellence in E-Commerce Acquiring – Associate Member Award’ प्राप्त गरेको थियो।
भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
माछापुच्छ्रे बैंक यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ। बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको थियो। त्यसैगरी, Indian Chamber of Commerce द्वारा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा ‘Best Performance on Risk Management’ अवार्डसमेत प्राप्त गरेको थियो।
लगातार प्राप्त भइरहेका अन्तर्राष्ट्रिय सम्मानले डिजिटल बैंकिङ, ग्राहक सेवा, जोखिम व्यवस्थापन तथा नवीन प्रविधिको प्रयोगमा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ।








तपाईंको विचार लेख्नुहोस्