काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले बढेर २ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। बिहीबार ३ हजार ७५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्