यानिमायाँ बनाउँदै पल


नायक पल शाह अब निर्माता बन्ने भएका छन्।

उनले आफ्नो होम प्रोडक्सन पल शाह फिल्म्स्को ब्यानरमा यानिमायाँ नामक फिल्म निर्माण गर्ने भएका छन्। फिल्म विकास सुवेदीले निर्देशन गर्नेछन्। विकास फिल्म प्रकाश, पुजार सार्की र महाभोजको कथा लेखक हुन् भने यानिमायाँबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

प्यामिली ड्रामामा बन्ने फिल्ममा स्क्रिप्ट पनि निर्देशक सुवेदीकै रहनेछ। नायक शाहले आफू फिल्म निर्माणमा अगाडि बढ्ने बताए। फिल्मको छायांकन असारबाट शुरू गरिने भएको छ भने कलाकार छनौट गर्न बाँकी छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।