देउवा पक्षीय नेपाली कांग्रेस सिन्धुलीको सभापति बाहेक अरू टुङ्गो लागेन 


सिन्धुली ।

 शेर बहादुर देउवा पक्षको नेपाली कांग्रेस सिन्धुलीको १५ औं नियमित महाधिवेशन आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महाधिवेशनले देउवा पक्षको नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा खड्ग बहादुर वाइबालाई सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेसको पूर्व उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनले जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।

 जिल्ला कार्यसमितिको अन्य पदाधिकाहरुको भने टुङ्गो लाग्न नसकेको नवनिर्वाचित सभापति बाइबाले जानकारी दिनुभयो । कार्य समितिका अन्य पदाधिकारीहरु आगामी बैठकबाट टुङ्गो लगाइने सभापति बाइवाको भनाई छ । महाधिवेशनमा पूर्व राज्यमन्त्री कान्छाराम तामाङ, बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दन राज काफ्ले, पार्टीका नेता सरोज मैनाली लगायत पार्टीका नेता, कार्यकताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।