टाउकोमा चरा बोकेर रेड कार्पेटमा पुगिन् रोसालिया


काठमाडौं ।

फेसनको दुनियाँमा चर्चामा आउन कलाकारहरूले अनेकौँ प्रयोग गर्छन्। कसैले पारदर्शी पहिरन लगाउँछन् त कसैले अनौठा गहना र आकर्षक डिजाइनमार्फत सबैको ध्यान खिच्छन्। यस्तै अनौठो फेसनका कारण स्पेनी गायिका रोसालिया अहिले चर्चामा छिन्। उनी हालै टाउकोमा जीवन्त देखिने ठूलो सेतो चराको आकृति भएको हेडपिस लगाएर रेड कार्पेटमा पुगेकी थिइन्।

रोसालियाले सन् २०२६ को लस४० म्युजिक अवार्डमा लगाएको उक्त पहिरनको सबैभन्दा आकर्षक पक्ष उनको टाउकोमा राखिएको ठूलो चराको आकृति थियो। चर्चित डिजाइनर रोबर्ट वुनको सन् २०२६ को फल/विन्टर कुट्योर कलेक्सनअन्तर्गत तयार गरिएको उक्त हेडपिसले उनको टाउकोमा चरा बसेको जस्तो दृश्य सिर्जना गरेको थियो।

उनले उक्त अनौठो हेडपिससँगै मैसन मार्गिएलाको सेतो रङको हल्टर गाउन लगाएकी थिइन्। गाउनको डिजाइन र चराको आकृतिले उनको उपस्थितिलाई सामान्य रेड कार्पेट पहिरनभन्दा निकै फरक बनाएको थियो।

रोसालियाको यो पहिरनले सन् २००८ को फिल्म ‘सेक्स एन्ड द सिटी’ मा क्यारी ब्राडशाले विवाहका क्रममा लगाएको चराको आकृतिको हेडपिसलाई समेत सम्झाएको छ। सामाजिक सञ्जालमा उनको पहिरनलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्।

फेसनका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी रोसालियाको यो प्रयोगले रेड कार्पेटमा सुन्दर देखिनु मात्रै फेसनको उद्देश्य नभई कलात्मक अभिव्यक्ति पनि हुन सक्छ भन्ने देखाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।