हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु, ६ घाइते


एजेन्सी।

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको छ।

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन् । अन्य छ जना घाइतेहरुको अझै अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् ।

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए ।

श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ ।