थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड, गिरी र पोखरेललाई पत्रकारिता सम्मान


यही वैशाख २९ गते राजधानीमा हुने तेस्रो राष्ट्रिय संगीत अवार्डअन्र्तगत ३ सम्मानको घोषणा गरिएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड समारोहमा ५ दशकभन्दा लामो समयदेखि गीत लेखन क्षेत्रमा योगदान पु¥याएवापत् गीतकार राजेन्द्र थापालाई नगद २५ हजार रुपियाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनीले जानकारी गराइन्।

कास्की खबर प्रालिले आयोजना गर्ने अवार्ड समारोहमा ३० वर्षभन्दा लामो समयदेखि कलापत्रकारितामा योगदान पु¥याउँदै आएका नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित रजत पत्रकारिता सम्मानबाट सम्मानित गरिने भएको छ। त्यसैगरी ११ हजार १ सय ११ रुपियाँसहित दशकको पत्रकारिता सम्मान म्युजिक खबरकी सम्पादक पत्रकार सबिता पोखरेललाई प्रदान गरिने भएको छ।

त्यसैगरी परदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय संगीतकर्मीलाई डायस्पोरा सम्मान तथा गोल्डेन इयरलगायतको सम्मान पनि गरिने भएको छ। रोशनीका अनुसार बितेको वर्षभरी सबैभन्दा धेरै दर्शक श्रोताले सुनेको गीत, गायक वा गायिकालाई गोल्डेन माइक अफ द इएर, उत्कृष्ट शब्दलाई गोल्डेन पेन अफ द इएर, उत्कृष्ट संगीतलाई गोल्डेन हृदम अफ द इएर सम्मान पनि प्रदान गरिनेछ।

अवार्ड समारोहमा लोक, आधुनिक र अन्य विधा गरी २० विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको मनोनयनमा परेकाहरूले वैशाख २५ गतेसम्म भोटिङ गर्न सक्ने जनाइएको छ।

Skip This