काठमाडौं
टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोह बीच दुबै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरवराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
कम्पनीकाअनुसार, यस सहकार्यबाट टाटा ग्राहकलाई सवारी दुर्घटना भएमा बीमा दावी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यस अघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि नगदरहित बीमा दावी सम्झौता गरिसकेको छ ।
कम्पनीको दावीअनुसार, यस सेवाबाट २,५०० भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दावी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकलाई यस्तै सुविधा दिने योजना बनाएको छ । सहकार्यबाट गुणस्तरीय सेवाप्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
प्रतिक्रिया