ब्लकबस्टर फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म कोशेढुङ्गाको फस्र्ट लुक्स सार्वजनिक गर्दै फिल्म भदौ १२ गते रिलिज हुने घोषणा गरिएको छ।
फिल्मको पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन्। उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छिन्। उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन्। बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आँगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको पोस्टरले जनाउ दिएको छ। ‘पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ’ निर्देशक पौडेल भन्छन्।
सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काप्mले, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतका कलाकारले अभिनय गरेको फिल्म नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत, बाबु श्रेष्ठको डीओपी र नहकुल खड्काको सम्पादन रहेको छ।
निर्देशक पौडेलद्वारा निर्देशित पूर्ण बहादुरको सारंगीले नेपालमा मात्रै करिब ४७ करोड ५० लाख भन्दा बढी ग्रसकलेक्सन गरेको थियो। कोसेढुङ्गा नेपालसँगै विश्व बजारमा एक साथ रिलिजमा आउनेछ।
प्रतिक्रिया