ख्यातिप्राप्त अभिनेता राजेश हमालले ८ वर्षको अन्तरालपछि अभिनय गरेको फिल्म नरसिंहा ः अवतारका कलाकारहरूको अवतार खुलाउँदै पोस्टर सार्वजनिक गरिएको छ।
आगामी जेठ ९ गते रिलिजमा आउने फिल्मको पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ। पोस्टरमा राजेश हमालका साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजीवजंग बस्नेत, टार्जनलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ।
लेखक तथा निर्देशक दिवाकर भट्टराईले सार्वजनिक पोस्टरले फिल्मका सबै कलाकारहरूको गेटअप प्रष्ट्याउने बताए। फिल्ममा समावेश सुपरहिट गीत अच्छा लेकिन लण्डनको चिसोले समाउलाको नयाँ भर्सनलाई युट्युबमा रुचाइएको छ।
चन्द्र पन्तको कथा रहेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु तामाङको एक्सन, राजु विक्रम थापाको डीओपी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्म क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले निर्माण गरेका हुन्।
प्रतिक्रिया