खगेन्द्र र उपासनाको प्रेममा आँखा


दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म के घर के डेरा: घर नं २ मा समावेश आँखा बोलको गीत सार्वजनिक गरिएको छ।
रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द रचना र एसडी योगीको संगीत रहेको छ।

प्रेम जोडीको कथा भन्ने लिरिकल गीतको भिडियोमा फिल्मका मुख्य कलाकारमध्येका खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति देखिएको प्रेम दर्शाइएको छ। जसमा फिल्मका केही फुटेज प्रस्तुत गरिएको छ।

आगामी जेठ २ गते रिलिज हुने सोसल ड्रामा फिल्मको कथा कर्णाली ब्लुज, एक्लो र फिरफिरे उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन्। बुद्धि सागरले पहिलोपटक फिल्म लेखेका हुन्। खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारले अभिनय गरेको फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेका हुन्।