नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८२ अवसरमा ’नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’को घोषणा गरेको छ । उक्त उत्सव भोलि शुक्रबारदेखि सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ ।
आगामी २ वैशाखसम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका प्यासेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव’मा आफ्नो पुरानो गाडी दिएर टाटाको नयाँ ईभी खरिद गर्ने ग्राहकहरूले २० प्रतिशत डाउन पेमेन्टमै गाडीहरू खरिद गर्न सक्नेछन् । यसरी खरिद गर्दा खरिदकर्ताले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।
यस्तै, मेलामा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउने बताइएको छ ।
प्रतिक्रिया