देउडामा चैतको मैना


बैतडी ।

देउडा गायक तेज दयालले आइगयो चैतको मैना बोलको नयाँ देउडा गीत सार्वजनिक गरेका छन्।

गायक तथा सर्जक प्रकाश विरहीको लय र शब्दमा सार्वजनिक गीतमा गायक दयाललाई गायिका लक्ष्मी रानाले स्वरमा साथ दिएकी छन्।

सुदूर खबर वान युटूब च्यानलबाट सार्वजनिक गीत किशोर कुमार भण्डारीले एरेन्ज गरेका छन्। सुदूरपश्चिममा चैत महिना भएसँगै दिदिबहिनी भेट्ने चलन छ।

माइती पक्षबाट कोसेली लगेर दिदी बहिनी भेट्ने चलनअनुसार गीत तयार पारिएको गायक दयालले बताए। गीतमा रोजगारीको लागि घरबाहिर रहेको दाइले बहिनी भेट्न नपाएको गुनासो पोखिएको छ।

Skip This