ट्रम्पको होटल अगाडी मस्कको साइबर ट्रक विस्फोट


काठमाडौं ।

 लस भेगासस्थित ट्रम्प होटल अगाडी एलन मस्कको टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ ।अधिकारीहरूका अनुसार टेस्ला साइबर ट्रकमा चालकद्वारा नियन्त्रित विष्फोट प्रणालीसँग जोडिएको आशंका गरेका छन् । स्थानीय समय अनुसार बुधवार बिहान लस भेगासको ट्रम्प होटल बाहिर विस्फोट भएको हो ।

एफबीआईले घटना आतंकवादी कार्य हो वा होइन भनेर निर्धारण गर्न काम गरिरहेको छ  । एफबीआईको लस भेगास कार्यालयका लागि कार्यवाहक विशेष एजेन्ट जेरेमी श्वार्ट्जले प्रतिक्रिया दिएका छन् । ‘यो एक पृथक घटना थियो र जनता को लागी कुनै खतरा छैन,’ उनले भने ।

 स्थानीय समय अनुसार होटलमा बिहान ८ः४० बजेपछि गाडीमा आगलागी भएको खबर आएको थियो र टोलीले २०२४ साइबर ट्रकलाई आगोमा निभाएको अवस्था भेट्टाएको लस भेगासका शेरिफ केभिन म्याकमहिलले भने ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।