रोम।
लिबियाबाट इटाली जाँदै गरेको डुङ्गा डुब्दा २० जना बेपत्ता भएका छन ।
सो डुंगावाट ८ जना आप्रवासीको उद्धार गरिएको इटालियन टापु लाम्पेडुसाका मेयरले बुधबार भने। उद्दार गरिएका मध्ये एक ८ वर्षीय सिरियाली बालक पनि थिए, जो जर्मनीमा बस्ने आफ्नो बुबासँग मिल्ने आशामा थिए। जोखिमपूर्ण यात्रामा उनी आफ्नी आमासँगै थिए तर मंगलबार डुङ्गा डुबेपछि उनी अझै भेटिएकी छैनन ।
लाम्पेडुसामा ल्याइएका बाँचेकाहरूले बेपत्ता हुनेमा ५ महिला र ३ बालबालिका रहेको बताए।
प्रतिक्रिया