नामिबियाले पायो पहिलो महिला राष्ट्रपति


नामिबिया ।

नामिबियाले देशको पहिलो महिला राष्ट्रपतिमा नन्दी नडैतवाहलाई निर्वाचित गरेको छ। नेतुम्बो नन्दी नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै देशको पहिलो महिला नेता बनेकी छिन्।

निर्वाचन आयोगले मंगलबार घोषणा गरेको आधिकारिक नतिजा अनुसार ७२ वर्षीया नन्दीले ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएकी हुन। ‘नामिबियाले शान्ति र स्थायित्वको पक्षमा मतदान गरेको छ,’ विजयी पछि नन्दी नडैतवाहले भनिन् ।

 उता, प्राविधिक समस्या, मतपत्रको अभाव र अन्य समस्याले निर्वाचन अधिकारीहरूले शनिबारसम्मका लागि मतदान लम्ब्याएको भन्दै विपक्षी दलहरूले निर्वाचनको परिणाम अस्वीकार गरेका थिए। 

लामो लामको अर्थ केही मतदाताले १२ घण्टासम्म पर्खिएर मतदानको पहिलो दिन नै छाडेका थिए। विपक्षी दलहरूले म्याद थप अवैध भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने जनाएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।