ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु


काठमाडौँ ।

 ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधवार साँझ विस्फोट भएको हो ।

विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो । ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विष्फोट भएको बयान दिएका थिए ।

भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले एक पोस्टमा आक्रमणको निन्दा गर्दै भने, यो जानाजानी गरिएको आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।