ट्रम्पले आफ्नो सरकारमा मस्कलाई दिए महत्त्वपूर्ण जिम्मेवारी


काठमाडौं ।

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामास्वामीलाई ‘सरकारी दक्षता विभाग’ को प्रमुख हुने घोषणा गरेका छन्।

टेस्लाका प्रमुख मस्कले चुनावमा ट्रम्पलाई जिताउन ठुलो रकम खर्च गरेका थिए। उनी चुनावमा ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका सबैभन्दा हाइप्रोफाइल व्यवसायी हुन्। त्यस्तै विवेक रामाश्वामी राष्ट्रपति निर्वाचनमा ट्रम्पसँगै उम्मेदवार रहेका थिए। पछि उम्मेदवारी फिर्ता लिदै ट्रम्पलाई समर्थन गरेका थिए।

अब मस्क र रामाश्वामीले अमेरिकी सरकारको नयाँ मन्त्रालय ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ को नेतृत्व गर्ने भएका छन्। यस बिभागले अमेरिकी कर्मचारीतन्त्रको पुनर्संरचना, अनावश्यक खर्च भएका क्षेत्रको पहिचान गर्ने र त्यसलाई घटाउने, संघीय एजेन्सीहरुको पुनर्संरचना गर्ने लगायतका काम गर्ने ट्रम्पले जानकारी दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।