काठमाडौं ।
रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्। आइतबार, रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरू छ वटा क्षेत्रमा रोकेको र तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेको बताएको छ। जसका कारण मस्कोका तीन प्रमुख विमानस्थलबाट उडानहरू डाइभर्ट गर्नुपरेको थियो।
आइतबार, युक्रेनी वायुसेनाले रुसले शनिबार राति १४५ ड्रोन आक्रमणहरू गरेको जानकारी दिदै यी ड्रोनले देशको हरेक भागलाई निशाना बनाउएको बताएको छ। युक्रेनी सेनाले अधिकांश ड्रोनलाई खसालेको दाबी गरेको छ।
रुस र युक्रेनबीचका यी घातक ड्रोन आक्रमणहरू यस्तो समयमा सुरु भएका छन् जब अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाई दबाब दिन सक्ने अपेक्षा गरिएको छ। आइतबार मस्कोमा युक्रेनी आक्रमण युद्ध सुरु भएयता रुसी राजधानीमा भएको सबैभन्दा ठूलो हमला हो। मस्कोका गभर्नरले पनि आक्रमणलाई ठूलो भनेका छन्।
अधिकारीहरूले अधिकांश ड्रोनहरू रामेन्सकोये, कोलोम्ना र डोमोडेडोभोमा खसालेको बताएका छन्। रुसी रक्षा मन्त्रालयले मस्कोको दक्षिणपश्चिममा रहेको रामेन्सकोयेमा भग्नावशेष खसेर पाँच जना घाइते भएको र चारवटा घरमा आगलागी भएको बताएको छ।











प्रतिक्रिया