अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै, पछ्याउँदै ह्यारिस


काठमाडौं ।

अमेरिकाको राष्ट्रपति पदको चुनावको नतिजा आउने क्रम जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता हासिल गरेका छन्।

अहिलेसम्म ट्रम्पले रिपब्लिकनका परम्परागत राज्य मानिने सबै जसो राज्यमा जित हासिल गरेका छन्। फ्लोरिडा, टेक्सास, ओहाओ जस्ता राज्यमा ट्रम्पले जितेका छन्। अहिलेसम्म ट्रम्पले १७८ इलेक्टोरल भोट जितेका छन् भने डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ९१ इलेक्टोरल भोट जितेकी छन्।

ह्यारिसले न्यूयोर्क, कोलोराडो जस्ता राज्यमा जित हासिल गरेकी छन्। पेन्सलभेनियासहितका केहि राज्यलाई राष्ट्रपति निर्वाचनमा महत्वपूर्ण मानिएको छ। पेन्सलभेनियामा अहिले ट्रम्प अगाडी रहेका छन्। ५३८ इलेक्टोरेल भोटमा राष्ट्रपतिमा विजयी हुन २७० भोट चाहिन्छ।

Skip This