यस्तो गाउँ, जहाँ महिलाले साउनमा लुगा लगाउँदैनन् 


एजेन्सी ।

आज हामी तपाईंलाई भारतको एउटा यस्तो गाउँको कथा सुनाउँछौँ, जहाँ साउन महिनामा महिलाले ५ दिनसम्म लुगा लगाउँदैनन् । यो गाउँका महिलाले किन साउनमा पाँच दिनसम्म लुगा लगाउँदैनन्, कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ।

यो गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ। यस गाउँको नाम पिनी गाउँ हो। पाँच दिन लुगा नलगाउने परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ। यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन  लुगा नलगाउने भएकाले गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइन्छ।

गाउँलेहरूका अनुसार शताब्दीयौं अघि उनीहरूको गाउँ दानवले ओगटेको थियो। दानवहरूले गाउँका विवाहित महिलाहरूलाई सुन्दर लुगा लगाएर लैजान्थे। गाउँलेहरूलाई दानवहरूबाट बचाउन ‘लहुआ घोण्ड’ नामक देवता प्रकट भए। देवताले राक्षसहरूलाई परास्त गरे।

महिलाले राम्रा लुगा लगाएको खण्डमा आजका दिनमा पनि भूतले उठाएर लैजान्छ। त्यसैले महिलाहरू साउन महिनाका पाँच दिन लुगाबिना बस्ने गर्छन्। त्यो समयमा यदि कुनै महिलाले आफ्नो शरीर ढाक्न चाहन्छन् भने, ऊनले बनेको कपडा प्रयोग गर्न सक्छिन्। यो नियम पुरुषका लागि भने लागु हुँदैन।

Skip This